काठमाडौं, २९ चैत्र । नेकपाका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले सांसद विकास कोषको खर्च नभएको रकम काेराेना भाइरस (कोभिड-१९) कोषमा राख्न माग गरेका गर्नुभएकाे छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता समेत रहनुभएका श्रेष्ठले शनिबार ट्वीट गर्दै सांसद विकास कोषको रकम कोरोनाविरुद्धको अभियानमा खर्च गर्नुपर्नेमा जोड दिएका दिनुभएकाे छ ।
राष्ट्रियसभा सदस्यसमेत रहेका श्रेष्ठले आफूले पहिलेदेखि नै सांसद विकास कोष आवश्यक नभएको मात्र नभई अनुचित समेत रहेको दोहोर्याएका उनले अबदेखि सांसद विकास कोष शीर्षकमा बजेट नराख्न पनि अनुरोध पनि गर्नुभएकाे छ ।
श्रेष्ठले लेख्नुभएकाे छ, ‘मैले पहिले देखि भन्दै आएको छु । सांसद विकास कोष आवश्यक छैन मात्र होइन, अनुचित छ । अहिले कोभिड-१९ को संकटको सन्र्दभमा यसको खर्च नभएको रकम (ज्यादै कम मात्र खर्च भएको होला) कोभिड-१९ कोषमा राखौँ र अबदेखि यो शीर्षकमा बजेट नराखौँ । यो निर्णय सहि छ गरिहालौँ’।
निर्णय समेत सहि भएकाेले तत्काल गरिहाल्न समेत उहाँले सुझाउनु भएकाे छ ।