कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाउन एमालेको माग

कांग्रेसको नियतमाथि छानबिन गर्न समिति बनाउन एमालेको माग

२८ चैत । नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले नेपाली कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणको छानबिन अगाडि नबढाएको विषयमा कांग्रेसमाथि नै छानबिन गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्ताैलाले कांग्रेस सरकारमा हुँदा सहकारी प्रकरणमा प्रश्न उठेका व्यक्तिको किन छानबिन भएन भनेर प्रश्न गरेका हुन् । उनले सरकारमा हुँदा किन अनुसन्धान गरिएन भन्दै कांग्रेसको नियतमाथि अनुसन्धान गर्न समिति बनाउनुपर्ने बताए । उनले कांग्रेसले सरकारबाट बाहिरिने बित्तिकै प्रतिशोध साँधेको बताए । सरकारमा हुँदा जनताहरू सहकारीबाट ठगिएको नदेख्ने कांग्रेसले सरकारबाट बाहिरिनसाथ देखेको उनले बताए ।

प्रमुख सचेतक बर्ताैलाले कांग्रेसले संसद्को स्थापित विधि र मान्यतालाई धज्जी उडाएर संसद् अवरुद्ध गरेको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर