बिमला घिमिरेले गराइन् राष्ट्रियसभा उपाध्यक्षमा उमेदवारी दर्ता

बिमला घिमिरेले गराइन् राष्ट्रियसभा उपाध्यक्षमा उमेदवारी दर्ता

२७ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदका निम्ति नेकपा (एमाले)की विमला घिमिरेले उमेदवारी दिएकी छन् । मंगलबार उनले सत्ता गठबन्धनका तर्फबाट उमेदवारी दिएकी हुन् । संघीय संसद् सचिवालयले उनको मनोनयनपत्र दर्ता गरेको छ ।

घिमिरेको प्रस्तावकमा राष्ट्रियसभामा एमाले प्रमुख सचेतक रहेकी भगवती न्यौपाने छिन् । समर्थकमा नेकपा (माओवादी केन्द्र)का गोपीबहादुर सार्की अछामी रहेका छन् ।

उनी ०७६ माघ ९ गते राष्ट्रियसभा सदस्य बनेकी हुन् । उनको कार्यकाल दुई वर्ष बाँकी छ ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन बुधबार (भोलि) हुँदै छ । उर्मिला अर्यालले उपाध्यक्षबाट राजीनामा दिएपछि रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

उमेदवारी दर्तापछि घिमिरेले आफू निर्वाचित भए राष्ट्रियसभालाई अझै मर्यादित बनाउन भूमिका निर्वाह गर्ने बताइन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर