आज फेरी बढ्यो सुनको मूल्य

आज फेरी बढ्यो सुनको मूल्य


२७ चैत । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो ।

छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी आज प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार पनि चाँदी प्रतितोला एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर