मित्र राष्ट्र भारतमा एकै दिनमा ४० जनाको मृत्यु, संक्रमितको संख्या तिव्र गतिमा बढ्दै

मित्र राष्ट्र भारतमा एकै दिनमा ४० जनाको मृत्यु, संक्रमितको संख्या तिव्र गतिमा बढ्दै

२९ चैत, इलाम । विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को संक्रमण पछिल्लो समय भारतमा तीब्र गतिमा फैलिएको पाइएको छ ।

गएको २४ घन्टामा मात्र छिमेकी राष्ट्र भारतमा १ हजार ३५ जना नयाँ संक्रमित थपिएको पाईएको छ । साथै थप ४० जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आज (शनिबार) बिहानको तथ्यांकअनुसार भारतमा कोरोना भाइरस ‘कोभिड १९’ का संक्रमितहरुको संख्या ७ हजार ६ सय पुगिसकेको छ । पछिल्ला केही दिनमा (कोभिड १९) का संक्रमितहरुको संख्या तिव्र रुपमा बढ्दै गएको छ । सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा देखिएको जनाईएको छ ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या पनि अहिलेसम्मकै धेरै रहेका छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या २४९ पुगेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर