धरानमा लकडाउन उल्लंघन गरी मर्निङ वाक गर्ने पक्राउ

धरानमा लकडाउन उल्लंघन गरी मर्निङ वाक गर्ने पक्राउ

सुनसरी, २९ चैत्र । सुनसरीकाे धरानमा लकडाउन उल्लंघन गरी बिहान मनिङ वाक गर्नेहरुलाई आज शनिबार प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरस(कोभिड १९)को संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन घाेषणा गरेकाे छ जसका कारण घरबाहिर हिडडुल गर्न नपाइने भएकाे छ । तर धरान क्षेत्रमा भने बिहान मर्निङ वाक गर्ने बाहानामा हुल हुल मानिसहरू देखिन थालेपछि प्रहरीले पक्रन थालेकाे हाे।

आज बिहानै ४ बजेदेखि प्रहरीले मर्निङ वाक गर्नेहरुलाई धमाधम नियन्त्रणमा लिन थालेको थियो । धरानको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएका सबैलाई धरान १२ स्थित पब्लिक हाईस्कुलको मैदानमा राखिएको थियो ।

प्रहरीले बिहान ७ बजेसम्म १ सय २३ जनालाई नियन्त्रणमा लिएर राखेको थियो । संख्या पछि पनि थप भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । प्रहरी निरीक्षक हेमराज ओलीले मर्निङ वाक, इभिनिङ वाक भन्दै लकडाउन उल्लंघन गर्नेहरु बढेपछि यो कदम चाल्न प्रहरी बाध्य भएको बताए ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुलाई काेराेना भाइरस (कोभिड १९) बारे जानकारीमुलक कक्षा लिएपछि छोडिएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर