
२२ चैत । पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च कपको उपाधिनजिक पुगेको छ।
पिन्स पार्कमा बुधबार राति सम्पन्न सेमिफाइनलमा रेन्नेजलाई १–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली पीएसजी फाइनलमा पुगेको हो।
पीएसजीको जितमा केलियन एमबाप्पेको गोल निर्णायक बन्यो। खेलको ३७औँ मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो। न्यानो ओमारीले एमबाप्पेलाई डीबक्समा लडाएपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी दिएको थियो।
तर, एम्बाप्पेको प्रहार गोलरक्षक स्टीभ मन्डान्डाले ड्राइभ गर्दै बचाए। ४०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई जित दिलाए। उनले फाबियन रुइजको पासमा गोल गरेका थिए।
पीएसजीले फाइनल खेल मे २५ मा लियोनसँग खेल्ने छ।





सूचना विभाग दर्ता नंः १८२३/०७६-७७