पुरानो सडक मर्मतमा खर्च बढाउन अमरेशकुमार सिंहको आग्रह

पुरानो सडक मर्मतमा खर्च बढाउन अमरेशकुमार सिंहको आग्रह

२१ चैत । प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहले आगामी आर्थिक वर्षको सडक सम्बन्धि बजेट पुरानो सडकको मर्मतमा खर्च गर्न सरकारसँग माग गरेका छन् । नेपालको सडकको अवस्था दयनीय रहेको भन्दै उनले यस्तो माग गरेका हुन् ।

सडक खराब भएकै कारण दुर्घटनाका घटना बढेको उनको भनाइ छ । नयाँ सडक नभइ पुरानो सडकलाई व्यवस्थित बनाउने काममा सरकारले ध्यान दिनुपर्ने सांसद सिंहको भनाइ छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नक्कली सवारीचालक अनुमति पत्र (लाइसेन्स)को बिगबिगी भइरहेको भन्दै नियन्त्रणका लागि सरकारलाई सचेत गराए ।

सांसद सिंहले सरकारले सवारी दुर्घटनामा परी नागरिकको ज्यान गइरहँदा पनि रोकथामका लागि खासै प्रयास नगरेको आरोप लगाए ।

प्रतिक्रिया:

सम्बन्धित खवर