१८ चैत । कप्तान क्रिस्टियानो रोनाल्डोको ह्याट्रिमा अल नासरले साउदी प्रो लिगमा अल ताईलाई पराजित गरेको छ।
अल अवाल रंगशालामा शनिबार सम्पन्न खेलमा अल ताईलाई घरेलु टोली अल नासरले ५–१ गोल अन्तरले पराजित गरेको हो।
अल नासरको जितमा रोनाल्डोले ह्याट्रिक गर्दा ओक्टोभियो र अब्दुलरहमान घरीबको नाममा १र१ गोल रह्यो। अल ताईका भिर्गिल मिसिडजानले एक गोल फर्काए।
रोनाल्डोले देलको ६५, ६७ र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। अक्टोभियोले २० र घरीबले पहिलो हाफको थप गरिएको सातौँ मिनेटमा गोल गरेका थिए।
अल ताईका भिर्गिलले २२औँ मिनेटमा गोल गरेका थिए। जितसँगै २५ खेलमा ५९ अंक जोडेको अल नासर तालिकामा दोस्रो स्थानमा छ। पराजित अल ताई समान खेलबाट २२ अंकका साथ १६औँ स्थानमा छ।