राजनीतिक भर्तीकेन्द्र बनेको खेलकुद मन्त्रालय सुधार गर्दै छु : मन्त्री श्रेष्ठ

राजनीतिक भर्तीकेन्द्र बनेको खेलकुद मन्त्रालय सुधार गर्दै छु : मन्त्री श्रेष्ठ

१७ चैत, इलाम । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद मन्त्रालय राजनीतिक भर्तीकेन्द्र बनेको भन्दै आफूले सुधार गरिरहेको बताएका छन् । शनिबार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले खेलका बारेमा जानकारी नभएका व्यक्ति विभिन्न निकायमा नियुक्त भएको अवस्थालाई सुधार गरी कारबाही अघि बढाइएको जानकारी गराए । आफूले खेलाडीहरूलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको उनले जिकिर गरे ।

अन्तर्राष्ट्रिय निकाय नेपालको खेलजगत्मा काम गर्न तयार रहे पनि यहाँका नीति र पहिलाका विकृतिले सहज नभएको उनले उल्लेख गरे । उनीहरूलाई उचित वातावरण बनाउने काम भइरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर