विश्वकप छनोटः दोस्रो खेलमा पनि नेपाल बहराइनसँग ३–० ले पराजित

विश्वकप छनोटः दोस्रो खेलमा पनि नेपाल बहराइनसँग ३–० ले पराजित

१४ चैत । फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को दोस्रो चरणको छनोटमा नेपाल बहराइनसँग लगातार दोस्रो खेलमा पराजित भएको छ ।

रिफास्थित बहराइन नेशनल स्टेडियमा मंगलबार भएको समूह एचको खेलमा नेपाल घरेलु टोली बहराइनसँग ३–० ले पराजित भएको हो ।

छनोटको समूह एचमा रहेको नेपालको यो लगातार चौथो हार हो । यसअघि बिहीबार रिफामै खेलिएको खेलमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।

समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहिन छ । यस हारपछि समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ ।

तर एसियन कपमा छनोट हुने नेपालको बाटो भने अझै सकिएको छैन । समूहमा तेस्रो र चौथो हुने टिमले एसियन कप छनोटको तेस्रो चरणमा खेल्न पाउनेछन् ।

आजै भएको खेलमा खेलमा युएईले यमनलाई पराजित गर्दै शतप्रतिशत जित निकालेको छ । चार खेलबाट युएई १२ अंकसहित समूह एचको शीर्ष स्थानमा छ । युएईले समूहको अन्तिम दुई खेलअईघि नै शीर्ष दुईमा स्थान पक्का गर्दै विश्वकप छनोटको तेस्रो चरण र एसियन कपमा स्थान सुरक्षित गरेको छ ।

३ जित र १ हरासहित ९ अंक जोडेको बहराइन दोस्रो स्थानमा छ । ४ खेलबाट ३ अंकसहित यमन तेस्रो स्थानमा छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर