नेपालले दियो आयरल्यान्ड ‘ए’ लाई १९९ रनको लक्ष्य

नेपालले दियो आयरल्यान्ड ‘ए’ लाई १९९ रनको लक्ष्य

१३ चैत  । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले आयरल्यान्ड ‘ए’ लाई जितका लागि एक सय ९९ रनको ठूलो लक्ष्य दिएको छ । टस जिती पहिले ब्याटिङको निणर्य लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको हो ।

नेपालका गुल्सन झाले ३२ बलमा ४६ र कुशल मल्लले १३ बलमा ३४ रन जोडे । रोहित पौडेलले २४ बलमा ३३ र कुशल भुर्तेलले १६ बलमा २५ रन जोडे। सन्दीप जोराले पनि १० बलमा २१ रन बनाए । गुल्सन र रोहितबीच चौथो विकेटका लागि ७१ रनको साझेदारी भएको थियो ।

नेपालका आसिफ शेख ११ र अनिल शाह १२ रन बनाएर आउट भए । विवेक यादव ७ रनमा अविजित रहे ।
यसअघि पहिलो खेलमा नेपाल सोमबार ६ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर