एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

५ चैत । फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिकमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ।

मोसन स्टेडियममा आइतबार राति समपन्न खेलमा पीएसजीले घरेलु टोली मोन्टपेलिअर ६–२ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा एम्बाप्पेले ह्याट्रिक गरे। भिटिन्हा, ली कान इन र नुनो मेन्डिसले १र१ गोल गरे।

मोन्टपेलिअरका अर्नाउड नोर्डिन र तेजी टेडीले गोल गरेका थिए। पीएसजीले खेलको १४औँ मिनेटमा भिटिन्हाको गोलमा अग्रता लिएको थियो। २२औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता दोब्बर बनाए।

तर, ३०औँ मिनेटमा नोर्डिनले गोल गर्दै घरेलु टोलाई २–१ को अवस्थामा फर्काए। पहिलो हाफको अतिरिक्त समयमा तेजीले पेनाल्टीमार्फत गोल गर्दा खेल २–२ को अवस्थामा पुगेको थियो।

तर, ५०औँ मिनेटमा एम्बाप्पेले गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए। त्यसको तीन मिनेटपछि नै लीले गोल गर्दै अग्रता ४–२ मा लब्याए।

६३औँ मिनेटमा एम्बाप्पे ह्याट्रिक पूरा गर्दा पीएसजी ५–२ गोलको स्थितिमा थियो। त्यसमाथि निर्धारित ९० मिनेटको खेल सकिनुअघि नुनोले गोल्दै पीएसजीलाई ६–२ को फराकिलो जित दिलाए।

जितसँगै पीएसजीले २७ खेलबाट ५९ अंक बनाएको छ। दोस्रो स्थानको ब्रेष्टको ४७ अंक छ । पराजित मोन्टपेलिअर भने २६ अंकसहित १४औँ स्थानमा छ।

प्रतिक्रिया:

सम्बन्धित खवर