फिफा वरियतामा नेपाली महिला फुटबल टिमको पाँच स्थान सुधार

फिफा वरियतामा नेपाली महिला फुटबल टिमको पाँच स्थान सुधार


३ चैत । फिफा वरियतामा नेपाली महिला टिमले पाँच स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरियताअनुसार नेपाल पाँच स्थान सुधार गर्दै शीर्ष १०० भित्र प्रवेश गरेको हो । नयाँ वरियताअनुसार नेपाल १००औँ स्थानमा छ ।

नेपाली महिला टिमले गत फेब्रुअरीमा भएको वाफ महिला च्याम्पियनसिपमा फाइनलसम्मको यात्रा तय गरेको थियो । तर, फाइनलमा जोर्डनसँग पेनाल्टीमा पराजित हुँदा नेपाल उपविजेतामा सीमित बनेको थियो ।

दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा छ । पहिलो स्थानको भारत ६६औँ स्थानमा । तेस्रो स्थानको बंगलादेश १४०औँ, चौथो स्थानको श्रीलंका १५७औँ, पाँचौँ स्थानको पाकिस्तान १५८, छैटौँ स्थानको माल्दिभ्स १६१औँ र पुछारको भुटान १७३औँ स्थानमा छ ।

फिफा वरीयताको शीर्ष स्थानमा भने विश्वकप विजेता स्पेन कायमै छ । दोस्रो स्थानमा इंग्ल्यान्ड, तेस्रोमा फ्रान्स, चौथोमा अमेरिका र पाँचौमा जर्मनी छन् ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर