एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

एमाले प्रमुख सचेतकमा बर्तौला, सचेतकमा बराल

२२ फागुन, काठमाडौं । नेकपा (एमाले)ले महेश बर्तौलालाई प्रमुख सचेतक बनाएको छ । सचेतक रहेका उनलाई प्रमुख सचेतकमा बढुवा गरिएको एमाले स्रोतले जानकारी गराएको छ ।

सचेतकमा सुनिता बराललाई चयन गरिएको छ । प्रमुख सचेतक यसअघि  पदम गिरी थिए । उनी नयाँ गठबन्धन सरकारमा मन्त्री बनेपछि बर्तौलालाई प्रमुख सचेतक बनाइएको हो ।

उनको बढुवा भएपछि रिक्त स्थानमा बराललाई सचेतकमा नियुक्त गरिएको स्रोतले जानकारी गरायो ।

प्रतिक्रिया:

सम्बन्धित खवर