२२ फागुन, काठमाडौं । त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुर मैदानमा टस जिटेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ८४ रन बनाएको हो ।
ओपनर आसिफ शेखले ४७ रन बनाएको नेपालको इनिङ्समा गुलसन झाले ३४ रन बनाए । कुशल मल्लले ११ बलमा २६ रनको बिस्फोटक इनिङ्स खेले ।
कप्तान रोहित पौडेलले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेलले २० रनको योगदान दिए । दीपेन्द्र सिंह ऐरी १ रनमा आउट हुदाँ करन केसी ९ र आरिफ शेख शुन्य रनमा पोविलियन फर्किए ।