६ संसदीय समितिको बैठक बस्दै, प्रधानमन्त्रीले सोमबार संसद ‘फेस’ गर्ने

६ संसदीय समितिको बैठक बस्दै, प्रधानमन्त्रीले सोमबार संसद ‘फेस’ गर्ने

२० फागुन, काठमाडौं । आज संघीय संसद् अन्तर्गतका ६ वटा समितिकाे बैठक बस्ने भएकाे छ। संसद् सचिवालयका अनुसार विभिन्न ६ वटा समितिको बैठक पनि बस्ने भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समित, अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहान ११ बजे बस्ने छ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः३० मा बस्ने छ।

यस्तै, राष्ट्रिय सभाका पदावधि पुरा भएका सांसदको बिदाई तथा अन्य छलफल गर्न विधायन व्यवस्थापन समितिको बैठक दिउसो ४ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

आज राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेना र २ राज्यमन्त्रीसहित २० जनाको पदावधि पुरा हुँदै छ।

संघीय संसदका दुबै सदनको बैठक भाेली बस्ने छ। बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्ने छ भने दिउसो १ बजे राष्ट्रिय बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिक्रिया:

सम्बन्धित खवर