प्रचण्ड सरकारले प्राथमिकता दिएकै कारण नेपाली खेलकुदले राम्रो नतिजा ल्याएको हो– वर्षमान पुन

प्रचण्ड सरकारले प्राथमिकता दिएकै कारण नेपाली खेलकुदले राम्रो नतिजा ल्याएको हो– वर्षमान पुन

१९ फागुन, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रको पछिल्लो पन्ध्र वर्षको समयावधिमा देशमा स्वास्थ्य, शिक्षा, खेलकुद, भौतिक पूर्वाधार निर्माण लगायत सबै क्षेत्रमा तीव्र विकास भएको बताएका छन् ।

शनिबार काठमाडौँमा प्रथम शहीद स्मृति बागमती प्रदेश रनिङ शिल्ड प्रतियोगिताको खेलाडी सम्मान तथा शहीद बेपत्ता परिवार सम्मान कार्यक्रममा उपमहासचिव पुनले देशमा गणतन्त्र आएपछि तुलनात्मक रूपमा शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधारलगायतका क्षेत्रमा तीव्र विकास भएको चर्चा गरे ।

‘हामीले ३० वर्षको पञ्चायत हेर्याैं त्यसपछिको राजतन्त्रात्मक संसदीय व्यवस्था पनि हेर्याैं । त्यसयताको व्यवस्थामा भएका कामलाई तुलनात्मक रूपले हेर्याैं भने शिक्षा,स्वास्थ्य,भौतिक पूर्वाधार,खेलकुद सबै क्षेत्रमा तीव्र विकास भएको छ । त्यो नेपालीको आकांक्षा र आवश्यकता अनुसार अझै भएको छैन’ पुनले भने ।

उपमहासचिव पुनले खेलकुदको विकासमा आफ्नो सरकारले प्राथमिकता दिएकै कारण क्रिकेट, भलिबल र महिला फुटबलमा राम्रो नतिजा आएको दाबी गरे ।

पुनले भने, ‘समग्र खेलकुदको विकासको लागि प्रधानमन्त्री र सरकारले गरिराखेको प्रयत्नमा क्रिकेटमा राम्रो रिजल्ट आएको छ । भलिबलमा राम्रो नतिजा आएको छ । खासगरी महिला फुटबलमा राम्रो परिणामहरू देखिएको छ। सरकारले खेल क्षेत्र र खेलाडीलाई प्रोत्साहन गरिराखेको छ ।’

उनले खेल क्षेत्रलाई देशको प्रतिष्ठा उँचो बनाउने माध्यमको रूपमा सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270