इलाम घुम्न जाऊँ अभियानमा इलामका पर्यटन व्यवसायी

इलाम घुम्न जाऊँ अभियानमा इलामका पर्यटन व्यवसायी

१७ फागुन, इलाम । इलामका पर्यटन व्यवसायी इलाम घुम्न जाऊँ अभियानमा देशका पश्चिमी जिल्लाको अभियानमा निस्किएका छन् । इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत सहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागी पश्चिमी जिल्लाको अभियानमा निस्किएका हुन् ।

इलाम भन्ने बित्तिकै धेरै जसोले कन्याम र अन्तु मात्रै बुझ्ने गरेको र त्यही बाट फर्कने गरेको भन्दै कन्यामय र अन्तु भन्दा धेरै राम्रा पर्यटकीय गन्तव्य इलाममा छन् भन्ने चिनाउनका लागि व्यवसायी लागिपरेका हुन । मङ्गलवारबाट इलामबाट सुरु भएको अभियानमा विभिन्न जिल्लाका पर्यटन व्यवसायीसँग छलफल साथ इलामको पर्यटकीय क्षेत्रको प्रचार अभियानमा छन् ।

होटेल व्यवसायी सङ्घको आयोजनामा भएको अभियानमा उद्योग वाणीज्य सङ्घका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि सहित विभिन्न सङ्घसंस्था र सञ्चारकर्मी सहित २० जनाको टोली अभियानमा निस्किएको छ । फागुन २० गते सम्म चल्ने अभियानले इलामका पर्यटकीय गन्तव्यको चिनारी सँगै त्यसको महत्वको बारेका परिचित गराउने होटेल एसोसिएसनका अध्यक्ष देवी पौडेलले बताए ।

इलामका पाथीभरा कन्यामय, अन्तुडाँडा सँगै सन्दकपुर, माइपोखरी, पाटेनागी जौवारि, तुम्लिङ, मेघमा, गजुरमुखी, लारुम्बालगायत पर्यटकीय स्थलमा पर्यटक पुर्याउने र इलाममा कन्यामय र अन्तु भन्दा राम्रा ठाउँ पनि छन् भन्ने चिनाउन अभियान सञ्चालन गरिएको महासचिव प्रकाश चापागाईँले बताए । कन्यामय, इलाम, अन्तु, पानी टारको हरियो चियावारिको उत्कृष्ट दृश्य सँगै पाटेनागी सन्दुकपुरबाट कञ्चनजङ्घा लगायतका हिमालसमेत प्रस्ट देखिने भएपनि प्रचार प्रसार हुन नसक्दा इलाम पुग्ने पर्यटक आदिबाटैबाट फर्किने गरेको कारण ठाउँ चिनारीको लागि अभियान सञ्चालन गरिएको हो ।

सूर्योदय–सूर्यास्त दृश्यावलोकनका लागि इलामको पाटेनागी र सन्दकपुर महत्व पुर्णरहनुका साथै पानी टारको चिया बगान र सिद्ध थुम्काको सुर्यअस्थ अवलोकनका लागि पुग्ने पर्यटक एक पटकमा मात्रै चित्त बुझाउन नसक्नेगरीको देखिन्छ । तर पर्यटकीय स्थलको प्रचार अभावमा पर्यटकको पर्खाइमा रहेका यी स्थलबाट नजिकैको स्थानमा ज्ञानदिलदासको जन्मभूमि र उनले तपस्या गरेको तीन वटा गुफा पनि इलाम जिल्ला मानै पर्दछ । सदरमुकामबाट नजिकैको दुरीमा रहेको पाटेनागीबाट कञ्चन्जंघा, कुम्भकर्ण, सगरमाथा सहित तराईका समथर भूभागको अवलोकनसँगै इलाम र पाँचथरको सिमानाबाट ज्ञानदिलदासको जन्मभुमीमा पुग्न सकिन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270