गोल मेसिन ‘साम्बा’को नयाँ कृतिमान, दक्षिण एसियामा सर्वाधिक गोल गर्ने खेलाडी

गोल मेसिन ‘साम्बा’को नयाँ कृतिमान, दक्षिण एसियामा सर्वाधिक गोल गर्ने खेलाडी

१६ फागुन । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारी‘साम्बा’ दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन्।

वाफ महिला च्यायम्पियनसिप अन्तरगत ९ गोल गरेपछि साम्बाले भारतीय बालादेवीको नाममा रहेको ५२ गोलको रेकर्ड तोडेकी हुन् । गएराति वाफ महिला च्याम्पियनसिप अन्तर्गत भएको लेबनानविरुद्धको सेमिफाइनल खेलमा गोल गरेसँगै सावित्राले रेकर्ड बनाएकी हुन् ।

सावित्रीले ४६ खेलबाट ५३ गोल गर्दै बालादेवीको रेकर्ड तोडेको हुन् । भारतीय बाला देवीले ६४ खेलमा ५२ गोल गरेकी थिइन् ।
नेपाली महिला फुटबल तर्फ अन्र्तराष्ट्रिय जगतमा परिचय बनाउन सफल साम्बा युरोपेली लिगमा माथिल्लो स्तरको क्लबबाट खेल्ने एकमात्र खेलाडी हुन्। उनले फ्रेन्च क्लब अन आभान्ट ग्वेंगाम्पसँग डेढ वर्षको सम्झौता गरेर खेलिरहेकी छन् ।

केही समयअघि उनी इजरायली क्लब हापोएल रानानाबाट ब्यबसायिक फुटबल खेलेकी थिइन्। तर युद्धका कारण उनी इजरायलबाट फर्किएकी थिइन्। उनले छोटो समयमा नै इजरायली क्लबमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दा उनी फ्रेन्च क्लबको नजरमा परेकी थिइन्।

हाल साउदी अरबमा जारी वाफ महिला च्याम्पियनसिपमा ९ गोल सहित गोल्डेन बुटको दावेदार रहेकी साम्बाले सिरिया विरुद्ध १ गोल, इराकविरुद्ध ५ गोल, प्यालेस्टाइनविरुद्ध २ गोल र सेमिफाइनलमा लेबनानविरुद्ध १ गोल गरिसकेकी छन् ।

इराक विरुद्ध ५ गोल गर्दै उनले नेपालको तर्फबाट ५० अन्तरास्ट्रिय गोलको कोषेढुङ्गा पार गरेकी थिइन् । अन्तरास्ट्रिय खेल मिडियाले नेपाली स्टार साम्बालाइ गोल मेसिनको उपाधी दिने गरेको छ ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर