मन्त्रीहरूको बर्खास्त माग गर्दै एमाले सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक अवरोध

मन्त्रीहरूको बर्खास्त माग गर्दै एमाले सांसदहरूद्वारा प्रतिनिधिसभा बैठक अवरोध

१४ फागुन, काठमाडौँ । नेकपा एमालेले विवादमा मुछिएका मन्त्रीहरूलाई बर्खास्तको माग गर्दै प्रतिनिधिसभा बैठक अवरोध गरेको छ ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरूले सरकारले सभामुखको रुलिङलाई समेत बेवास्ता गरेर विवाद र भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूबारे जवाफ पनि नदिएको र राजीनामा नआएको भन्दै एमाले सांसदहरूले बैठक अवरोध गरेका हुन् ।

त्यसपछि एमाले सांसदहरूले विवादित मन्त्रीहरूलाई तत्काल बर्खास्त गर भन्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर