भान डाइकले ११८औं मिनेटमा गरेको गोलले लिभरपुलले जित्यो दशौं पटक इएफएलको उपाधि

भान डाइकले ११८औं मिनेटमा गरेको गोलले लिभरपुलले जित्यो दशौं पटक इएफएलको उपाधि


१४ फागुन । कप्तान भर्जिल भान डाइकले अतिरिक्त समयमा गरेको गोलको मद्वतमा लिभरपुलले चेल्सीलाई १–० ले पराजित गर्दै इएफएल कपको उपाधि जितेको छ ।

आइतबार राति लण्डनस्थित वेम्बली मैदानमा भएको फाइनल खेलमा लिभरपुललाई जिताउन भान डाइकले ११८औं मिनेटमा गोल गरे ।

त्यसअघि भान डाइकले ६०औं मिनेटमा गोल गरे पनि भिएआरले मान्यता नदिंदा लिभरपुल अग्रता लिनबाट बन्चित भएको थियो । तर अतिरिक्त समयमको खेल सकिन दुई मिनेट बाँकी छँदा भान डाइकले नै विजयी गोल गरे ।

लिभरपुलले दशौं पटक इएफएल कपको उपाधि जितेको हो । लिभरपुलले नै यो उपाधि सर्वाधिक जित्ने टिम समेत हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर