ठूलो परिणाममा लुकाई राखेको मास्क र सेनिटाइजर बरामद

ठूलो परिणाममा लुकाई राखेको मास्क र सेनिटाइजर बरामद

९ चैत्र, मोरङ । कोरोना भाइरस संक्रमण क्रासका कारण बजारमा मास्क अभाब भइरहेको बेला मोरङको विराटनगर–९ बाट ठूलो परिणाममा मास्क बरामद भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले आज विराटनगर वडा नं. ९ घोघापुल चौकमा रहेको सुर्जी इन्पेस्कबाट मास्क बरामद गरेको हो ।

केडिकल संञ्चालक राजेश अग्रवालको औषधी पसलबाट ११ हजार ३५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद गरिएको विराटनगर महानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा मास्क र सेनिटाइजर बरामद भएको महानगरका स्वास्थ्य महासाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर