एमाले धादिङको अधिवेशनमा कुटाकुट, एक जनाको हात नै भाचियो

२१ माघ, धादिङ । नेकपा एमाले धादिङ जिल्ला अधिवेशनमा झडप भएको छ । झडपपछि अधिवेशन नै स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा जिल्ला कमिटीबाट मनोनीत गर्ने नामहरूका बारेमा विवाद भएपछि शनिबारको बन्दसत्रमा कुटाकुट भएको हो ।

कुटाकुट र भिडन्तमा एक एमाले कार्यकर्ताको हात नै भाँच्चिएको छ । बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आइतबार बिहान विज्ञप्ति जारी गर्दै अर्काे सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाएका छन् ।

‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखार्पयो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’, अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष ढुंगेलले जनसंगठनबाट प्रतिनिधित्व गराउँदा जनसंगठन समन्वय सम्बन्धी निर्देशिका २०७८ बमोजिम वर्गीकरण गरी प्रतिनिधिको प्रबन्ध नगरिएको पाइएको पनि बताएका छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270