५ चैत्र, झापा । छिमेकी राष्ट्र चीनबाट फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न झापाका १५ वटै स्थानीय तहमा आपत्कालीन क्वारेन्टाइन व्यवस्थापनको तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले निर्देशन दिनुभएको छ । कोरोनाको संक्रमणबाट जिल्लावासीलाई बचाउन जिल्ला प्रशासन कार्यालय झापाका कार्यालय प्रमुखहरूको बैठकबाट सो निर्णयभएको बताएईको छ ।
सो निर्देशन बमोजिम कोरोना सङ्क्रमणको आशङ्का लागेका व्यक्तिलाई उचित स्वास्थ्य परीक्षणसहित स्वास्थ्य सेवा प्रदान गर्न भद्रपुरमा क्वारेन्टाइन बनाउने गृहकार्य सुरु भएको छ । भद्रपुुर नगरपालिकाले वडा नं. १० स्थित कलवलगुढी प्रशिक्षण केन्द्र परिसरभित्र क्वारेन्टाइन बनाउने भएको हो ।
हिजो भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी, रेडक्रस, कर्मचारीसहितको टोलीले कलवलगुढी प्रशिक्षण केन्द्रको स्थलगत अनुगमन गरिसकेको छ ।