उर्लाबारीको जंगलमा हिउँचितुवा फेला

उर्लाबारीको जंगलमा हिउँचितुवा फेला


१० माघ, मोरङ । उर्लाबारी नगरपालिकाको एक जंगलमा हिउँचितुवा फेला परेको छ । मंगलबार दिउँसो उर्लाबारी–१, चारघरे बस्ती छेउको बाँसघारीमा स्थानीयले चितुवा देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा नसकेपछि मोरङ डिभिजन वन कार्यालयका पशु उद्धारकर्ताले चितुवाको उद्धार गरेका थिए ।

सरकारले विशेषगरी हिमाली क्षेत्रमा पाइने हिउँचितुवालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) ले समेत ‘रातो सूची’ मा संकटग्रस्त वर्गमा राखेको छ ।
उच्च हिमाली क्षेत्रमा पाइने दुर्लभ हिउँचितुवा तराई (समुद्री सतहदेखि १५० मिटर उचाइ) मा फेला पर्दा संरक्षणकर्मीसमेत आश्चर्यमा परेका छन् । .

प्रतिक्रिया:

सम्बन्धित खवर