गोरु तस्कर र भारतिय प्रहरी विच झडप हुँदा तिन जना गम्भिर घाईते

गोरु तस्कर र भारतिय प्रहरी विच झडप हुँदा तिन जना गम्भिर घाईते

२९ फाल्गुन, झापा । नेपाल–भारतको सीमा नाका पर्ने झापाको कचनकवलमा गोरु तस्कर र भारतीय शशस्त्र प्रहरीवल एसएसबीबीच झडप हुँदा तीन जना गम्भिर घाईते भएका छन् । घाईते हुनेमा भारतीय एसएसबीका जवान रहेको बताईएकाृ छ । घाईते हुँनेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूको भारत शिलगढीको एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

नेपाल–भारतको सीमा क्षेत्र पर्ने झापाको कचनकवल गाउँपालिका घेरावारी नाकाबाट रातको समयमा तस्कर समूहले ठूलो संख्यामा गाईगोरु विहार राज्यस्थित किसनगञ्ज जिल्लाको सिंघमारी नाकाबाट भारत लैजाने गरेको जानकारीको आधारमा भारतिय प्रहरी गस्तिमा थिए ।

गाईगोरु लैजाने क्रममा शनिवार राति ८ बजे गाईगोरु तस्कर र भारतीय एसएसबीबीच झडप भएको हो । एसएसबी १९ बटालियन सिघीमारी बीओपी क्याम्प नजिकै उक्त घटना भएको एसएसबीको डिपुटी कमान्डर नवीनकुमार रायले जानकारी दिएका छन् । एसएसबीका अनुसार नेपालबाट ठूलो संख्यामा गाईगोरु आइरहेको सूचना पाएपछि तीन जना एसएसबीका जवान गाईगोरु नियन्त्रणका लागि गएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर