२९ फाल्गुन, काठमाण्डौँ । संयुक्त राजय ओरीकामा कोरोना भाईरसको संक्रमण रोक्न युरोपबाट अमेरीका प्रवेशमा रोक लगाईने भएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलन नदिन युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।
यो नियम आउदो शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् । आज बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् । उनले यस्तो घोषणा गरेपनि उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट अहिले सम्म १ हजार १ सय ३५ संक्रमीत भईसकेको पुष्टि भएको छ । अहिलेसम्म ३८ जनाको भने मृत्यु नै भएको छ ।