डेनमार्ककी महारानी मार्गरेट द्वितीयाद्धारा राजगद्दी परित्यागको घोषणा

डेनमार्ककी महारानी मार्गरेट द्वितीयाद्धारा राजगद्दी परित्यागको घोषणा

१६ पौष, काठमाण्डौँ । डेनमार्ककी महारानी मार्गरेट द्वितीयाले राजगद्दी परित्यागको घोषणा गरेकी छन् । ८३ वर्षीया मार्गरेटले नयाँ वर्षको अवसरमा गरेको टेलिभिजन सम्बोधनमा आफूले राजगद्दी त्याग्न लागेको घोषणा गरेकी हुन् ।

उनले जनवरी १४ तारिखदेखि आफू औपचारिक रूपमा पदबाट बाहिरिने बताएकी छन् । आफूपछि उक्त पद छोरोलाई हस्तान्तरण गर्ने जानकारी दिइएको छ ।

बढ्दो उमेर र स्वास्थ्य समस्याको कारण अब आफू सक्रिय रहन नसक्ने जनाउँदै उनले उक्त निर्णय लिएको बताइन् ।

वर्षौंदेखि समर्थन र साथ दिएका डेनमार्कका जनतालाई पनि उनले धन्यवाद दिएकी छन् ।

बेलायतपछि युरोपमा सबैभन्दा लामो समयसम्म राष्ट्र प्रमुखको जिम्मेवारीमा रहने एकमात्र महिला उनी बनेकी छन् ।

मार्गरेट सन् १९७२ मा पिताको निधनपछि सिंहासनमा बसेकी थिइन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर