प्रधानमन्त्री प्रचण्ड’ले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री प्रचण्ड’ले भोली राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं, ९ पुस । प्रधानमन्त्री प्रचण्ड’ले भोली (मङ्गलबार) अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेको अवसरमा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

विसं २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखी कार्यसम्पादन गरिरहेको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर