सूर्योदय नगरपालिकाका बासिन्दाले अब पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयबाटै नागरिकता पाउने

सूर्योदय नगरपालिकाका बासिन्दाले अब पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयबाटै नागरिकता पाउने


९ पुष, पशुपतिनगर । सूर्योदय नगरपालिकाका बासिन्दाले अब पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयबाटै नागरिकता पाउने भएका छन् । उपप्रधान तथा गृह मन्त्रीको मन्त्रीस्तरिय निणर्यबाट सूर्योदय नगरबासीले पशुपतिनगर सीमा प्रशासनबाट नगरिकता पाउने भएका हुन् । मन्त्रीस्तरीय निणर्यपछि गृह मन्त्रलयले यहाँको सूूर्योदय नगरबासीलाई सीमा प्रशासनबाटै नागरिकता वितरण गर्ने व्यवस्था मिलाउन जिल्ला प्रशासनलाई पत्राचार गरेको छ ।

यस क्षेत्रका बासिन्दाले नागरिकता लिन सदरमुकाम पुग्नुपर्दा भौगोलिक हिसाबले धेरै असहज भइरहेको भन्दै सूर्योदय नगरले पशुपतिनगरमै प्रशासनको सेवा माग २० वर्षदेखि गर्दै आएका थिए । नगरको गत भदौ १८ र जिल्ला प्रशासनको पनि त्यसै दिनको पत्रानुसार सेवा विस्तार गरिएको गृह मन्त्रालयले जनाएको छ ।
यसअघि सूर्योदय नगरका वडा १ देखि ५ सम्मका बासिन्दाले मात्रै सीमा प्रशासनबाट नागरिकता पाउँदै थिए । अब नगरका १४ वटै वडाका बासिन्दाले यहाँबाट नागरिकता पाउने छन् । सिडिओ यादवले नगरपालिकासँग बैठक बसेर अब तत्कालै पशुपतिनगर सीमा प्रशासनबाट नागरिकता वितरण थालिने बताए ।
मन्त्रालयले जिल्ला प्रशासनलाई लेखेको पत्रमा पुस ४ को उपप्रधान तथा गृहमन्त्रीस्तरको निणर्यबाट पशुपतिनगरमा सेवा विस्तार भएको उल्लेख छ । सिडिओ इन्द्रदेव यादवले अब पशुपतिनगर सीमा प्रशासनबाट त्यस क्षेत्रका बासिन्दाले विशेषगरी नागरिकता, प्रतिलिपि नागरिकता र नाबालक परिचयपत्र लिनसक्ने बताए । ‘
जनशक्ति भए जिल्ला प्रशासनसँग भएका अन्य अधिकार पनि सीमा प्रशासनमा प्रत्यायोजन गर्न सकिन्छ,’ उनले भने, ‘त्यसका लागि चाहिँ तत्काललाई जनशक्ति अभाव हुनसक्छ ।’

जिल्लाका बासिन्दाले सदरमुकामस्थित जिल्ला प्रशासनबाट र देउमाई नगरपालिकास्थित सीमा प्रशासनबाट त्यस क्षेत्रका बासिन्दाले नागरिकता लिँदैथिए । अब पूर्वी क्षेत्रको सीमा प्रशासनबाट पनि नागरिकता वितरणका लागि बाटो खुला भएको हो ।
सूूर्योदयका मेयर रणबहादुर राईले नगर क्षेत्रका बासिन्दाले नागरिकता लिन सदरमुकाम धाउनुपर्दा ज्यादै दुुःख पाइरहेको बताए । ‘भौगोलिक हिसाबले टाढा परेका कारण सदरमुकाममा नागरिकता लिन जान निकै कष्ट थियो,’ उनले भने, ‘नगरले सीमा प्रशासनबाटै यो सेवा दिन माग गरेपछि मन्त्रालयले सेवा विस्तार गरेकामा खुसी लागेको छ ।’ नगरबासी सबैले नागरिकता पशुपतिनगरको सीमा प्रशासन कार्यालय पाउने भएकाले अब इलाम बजार धाउनुपर्ने झन्झट अन्त्य भएको नगर उप प्रमुख दुर्गा बरालले बताए ।

प्रतिक्रिया:

सम्बन्धित खवर