
८ पुष, इलाम । इलामको रोङ गाउँपालिकाको वडा नम्बर ५ मा हिजो शनिबार १६० वटा रेडियो वितरण गरिएको गाउपालिका अध्यक्ष मनिकुमार स्याङवोले जानकारी दिए । उनले गाउँपालिकाभरीका सम्पुणर् जेष्ठ सदस्यलाई रेडियो वितरण गरिने बताए। गाउँपालिकाले एक हजार १ सय रेडियो खरिद गरिएको उपाध्यक्ष बिष्णुमाया खवासले जानकारी दिइन्। उनले ६ वटै वडाका जेष्ठ सदस्यलाई रेडियो वितरण गर्न शुरु गरेको बताइन्।
गाउँपालिकाले रेडियो वितरण कार्यक्रमलाई ‘चेतना वितरण’ भनेको छ । भौगोलिक रुपमा विकट रहेको सो ठाउँमा रेडियोको माध्यमबाट जनचेतना जगाउन सहज हुने भएकाले रेडियो वितरण कार्यक्रम अघि सारिएको जनाईएको छ । गाउँपालिकामा युवाहरुले इन्टरनेटको माध्यमबाट सुचना लगायतका बिभिन्न जानकारी पाउने गरेका छन् । अध्यक्ष स्याङवोले भने-‘इन्टरनेट प्रयोग गर्न नसक्ने पुस्तालाई पनि सुचनामा पहुँच पुगोस भनेर हामीले रेडियो वितरण गरेका हौं, यति सानो कामले पनि धेरै आमाबाबुको अनुहारमा खुशी ल्याउन सकेकोमा हामी गौरव गर्दछौं ।’


सूचना विभाग दर्ता नंः १८२३/०७६-७७