कोरोना भाईरस संक्रमणबाट त्रसित नहुन मन्त्री खतिवडाको आग्रह

कोरोना भाईरस संक्रमणबाट त्रसित नहुन मन्त्री खतिवडाको आग्रह

२३ फाल्गुन, काठमाण्डौँ । पछिल्लो समय सञ्चार तथा सुचना प्रविधिमन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आउनुभएका अर्थ मन्त्रि डाक्टर युवराज खतिवडाले कोरोना भाईरसको संक्रमण अहिलेसम्म नेपालमा नदेखिएकाले त्रसित नहुन आग्रह गर्नुभएको छ । आज सिंहदरवारस्थित रेडियो नेपालको केन्द्रिय कार्यालयको निरिक्षण गर्दे उहाँले यस्तो बताउनुभएको हो । कोरोना संक्रमणको त्रासमा आत्तिहाल्नु पर्ने अवस्था नरहेको तर सचेतना र सतर्कता अपनाउनु पर्ने भन्दै उहाँले प्रचार प्रसारमा लाग्न आग्रह पनि गर्नुभयो ।

साथै उहाँले रेडियो नेपालको प्रसारण सामग्री र पहुँचलाई मुलुकका ७७ वटै जिल्लामा प्रभावकारी रुपमा पुर्याउने गरी योजना बनाउन पनि निर्देशन दिनुभएको छ । मन्त्री खतिवडाले रेडियो नेपालको आधुनिकिकरणको प्रयास सकारात्मक रहेको भन्नुहुँदै प्रशारणको नियमित अनुगमन गरी समय अनुरुप परिमार्जन गर्दै देशैभर सुनिने बनाउन निर्देशन दिनुभएको बताईएको छ ।

मन्त्री खतिवडाले रेडियो नेपालको वजेटको अर्धवार्षिक समिक्षा गर्न र त्यस अनुरुपको योजना बनाउन, रेडियो नेपालको सम्पतिको संरक्षण र व्यबसायिक उपयोगमार्फत् आम्दानी बढाउन तथा त्यसबाट पेन्सन कोषको व्यबस्था गराउन र रेडियो नेपालबाट प्रसारित गीत संगीतको डिजिटिलाईजेशन गरी त्यसबाट समेत आम्दानी गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर