२३ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागीबाट पाँच लाख बराबरको क्षति भएको बताइएको छ ।
सदरमुकाम नजिक फुङ्लिङ नगरपालिका–५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए ।
फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको बताईएको छ ।