इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला सुरु

१० मंसिर, इलाम । इलामको प्रसिद्ध धार्मिकस्थल गजुरमुखी धाममा पूर्णिमा मेला लागेको छ । परापूर्व कालदेखि कात्र्तिक पूर्णिमाको अवसरमा लाग्दै आएको गजुरमुखी मेला आजबाट सुरु भएको हो ।

मेलाको पहिलो दिन आज बिहानैदेखि धाममा दर्शन तथा पूजापाठ गर्न र मेला भर्न आउने भक्तजनहरुको चहलपहल सुरु छ । धाम आसपासमा अस्थायी टहराहरु निर्माण गरी ससाना होटल व्यवसायहरु सञ्चालन सुरु भएका छन् ।

गजुरमुखीमा चारैतर्फबाट मेला भर्न र धाममा दर्शन गर्न, भाकल बुझाउन र पूजापाठ गर्न आउनेहरुको चहलपहल सुरु भएको छ । धाममा इभाङ्ग, तोभाङ, नाङरुङ, जीतपुर, धुसेनी एकतप्पालगायतको बाटो हुँदै तिर्थालुहरुको आउने क्रम सुरु भएको छ ।

ना योङहाङ, सिजन–५ का प्रतिष्पर्धी विनोद राई, गायिका अनु चौधरी, गायक योगेश मगर, महेन्द्र राई, नन्दु गुरुङ, दिनेश लिम्बू, स्वस्तिका लिम्बू, रिपना लिम्बूलगायत कलाकारहरुको प्रस्तुती रहनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270