इलामको पाटेनागीमा भेटियो दुर्लभ चस्मे उलुक

९ मंसिर, इलाम । इलाममा दुर्लभ चस्मे उलुक (ब्राउन उड उल) फेला परेको छ । इलाम नगरपालिका–३, पाटेनागीमा दुर्लभ चस्मे उलुक फेला परेको हो ।

वाइडलाइफ फोटोग्राफर देवेन खरेल चरा खोजीको क्रममा पुवामझुवाको चैतेमा यो चराको तस्बिर खिच्न सफल भएका हुन् । इलामबाट पाटेनागीको मुख्य पर्यटकीय क्षेत्र जाने बाटैमा खरेलले यो चराको तस्बिर खिचेका हुन् ।

उनले एक दुर्लभ र किसानको सहयोगी चरा यहाँ भेटिनुलाई ‘महत्वपूर्ण उपलब्धि’ मानेका छन् । ‘बाटामा हिँड्दैजाँदा एकै मिनेटमा यो चरा देखिनु निकै महत्वपूर्ण उपलिब्ध हो,’ उनले भने ।

चस्मे उलुक चरा समुद्र सतहबाट डेढ सयदेखि दुई हजार सात सय मिटरसम्मको उचाईमा बस्छ । उल्लु जातको यो चराको शरीरको लम्बाई करिब ५० सेन्टिमिटर हुन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270