इलामका चिया कृषकहरु मलको अभाव झेल्दै, मूल्यको पनि उस्तै समस्या

इलामका चिया कृषकहरु मलको अभाव झेल्दै, मूल्यको पनि उस्तै समस्या

७ मंसिर, इलाम । चियाको राजधानी भनेर चिनिने इलाममा अर्गानिक चिया कृषकलाई मलको अभाव र मूल्यमै समस्या छ । यसले गरेर कृषक मार्कामा परेको उनिहरुको गुनासो छ । हरियो चिया पत्ती बेच्ने किसानलाई कारखानले आफू खुसी मूल्य तोकिदिने गरेको कारण समस्या भएको हो ।

चियालाई आवश्यक पर्ने अर्गानिक मलको अभाव र हरियो चियापत्तिको मूल्यमा अन्तर भएको भएको हो । उचित मूल्य नपाएकै कारण पछिल्लो समयमा कृषकले चिया विस्तार नगरेको सरोकारवाला बताउँछन् । कारखानाले बजारमा लाने चियाको मूल्य अनुमान गर्न मात्र सक्छन् । कारखानाले बेच्ने वास्तविक बजार मूल्य कृषकले कहिल्यैं थाहा पाउँदैनन् ।

चिया प्रसोधन कारखाना भने बजार मूल्य भएकै कारण बढिरहेपनि कृषकले भने चिया खेती बढाउन सकेका छैनन । किसानका पिरमार्कामा चिया कारखाना जिम्मेवार बन्नुपर्ने इलामको त्रियुगा चिया सहकारी संस्थाका व्यवस्थापक ताराकुमारी राई बताउँछिन ।

त्यस्तै कृषक चिया कृषक तारादेवि खनाल अर्गानिक चिया उत्पादनमा मल र मूल्यमै समस्या हुनेगरेको बताउँछिन । अर्गानिक चिया उत्पादन गर्नुपर्ने भन्ने तर मल उत्पादनमा कारखानाले कुनै चासो नराख्नु र प्रत्येक कारखानाको मूल्य फरक हुनाले पनि समस्या भएको खनालको भनाई छ ।

अर्गानिक खेती र ननअर्गानिक खेतिको मूल्यमा धेरै अन्तर नभएको कारण पनि अर्गानिक खेती गर्ने कृषक मारमा परेको गुनासो छ । अवका दिनमा अर्गानिक खेतीको विकल्प नभएको भन्दै कृषकले गुणस्तरीय चिया उत्पादन गर्नुपर्ने र कारखानाले सोहि अनुसारको मूल्य दिनुपर्ने इलाम नगरपालिका वडा नं. १ का वडाध्यक्ष अम्बिका गौतम बताउँछन ।

यस वर्षको चियाको पहिलो टिपाई शुरु नभएपनि गतवर्षको तुलनामा जिल्लाका कतिपय कारखानाले तीन तहमा गे्रडिङ गरिएको अर्गानीक हरियो पत्ती पत्तीलाई प्रतिकेजी ५० देखि ८० रुपयाँ सम्ममा खरिद गर्ने गरे पनि कति पय कारखानाले भने प्रतिकेजि ९० रुपैयाँ सम्म दिनेगरेको वडाध्यक्ष गौतमले जानकारी दिईन् ।

हरेक कारखानाले उत्पादन गरेको चियाको बजार एउटै भएता पनि कृषकलाई दिने मूल्यमा फरक आउनाले कृषक आफूले गरेको खेती प्रति सन्तुष्ट बन्न सकेका छैनन् ।

 

स्रोतः सन्दकपुर अनलाईन

प्रतिक्रिया:

सम्बन्धित खवर