आफ्नै वडासदस्यलाई जातीय विभेद गर्ने वडाध्यक्षलाई दोब्बर कैद र जरिवाना फैसला

७ मंसिर, कास्की । आफ्नै वडासदस्यलाई जातीय विभेद गरेको अभियोगमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले ३ महिना कैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ ।

आफूमाथि विभेद गरेको भन्दै वडा सदस्य मैयाँ नेपालीले गत माघ ५ गते अधिकारीविरुद्ध उजुरी दिएकी थिइन् ।

जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८अनुसार ३ महिना कैद र ५० हजार जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । सार्वजनिक पद धारण गरेको व्यक्तिलाई ५० प्रतिशत थप सजाय हुने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार वडाध्यक्ष अधिकारीलाई ५० प्रतिशत सजाय थप हुने सूचना अधिकारी अधिकारीले बताए ।

वडाध्यक्ष अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित हुन् भने सदस्य मैया सार्की नेकपा एमालेबाट निर्वाचित हुन् । सो वडामा अध्यक्षबाहेक पद एमालेले जितेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270