सन्दकपुरको पर्यटन प्रवद्र्धनको बिषयमा अन्र्तसम्बाद कार्यक्रम सम्पन्न

सन्दकपुरको पर्यटन प्रवद्र्धनको बिषयमा अन्र्तसम्बाद कार्यक्रम सम्पन्न

६ मंसिर, इलाम । प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य इलामको सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धनका बिषयमा नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समिति र सन्दकपुर गाउँपालिकाबिच अन्तरसम्बाद कार्यक्रम सम्पन्न भएको छ । सन्दकपुर गाउँपालिकाको पर्यटन प्रवद्र्धन र पर्यटनका माध्यमबाट सन्दकपुरबासीको आयआर्जन गर्ने बिषयमा अन्तरक्रिया सम्पन्न भएको सन्दकपुर २ का वडाध्यक्ष सनम राईले बताए ।

सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादूर लुङ्गेली, वडा नम्बर ३ का अध्यक्ष लिल बहादूर बुर्जा, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह, केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीको उपस्थितिमा पर्यटकीयस्थलहरुको बस्तुस्थिति र पर्यटन गतिविधि चलायमान गर्ने बिषयमा अन्तरक्रिया भएको हो ।

अन्तरक्रियामा बोल्दै सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले पर्यटकीय गाउँपालिका सन्दकपुरका पर्यटकीयस्थलहरुको प्रवद्र्धनका लागि तीनै तहका सरकाहरुको सहकार्यका लागि गाउँपालिका अघि बढिरहेको बताए । सन्दकपुरमा पर्यटकीयस्थलहरु धेरै छन्, प्रकृति, संस्कृति, वन्यजन्तु र चराचुरुङ्गीहरुको अध्ययन क्षेत्र भएकाले गाउँपालिकाले प्रदेश र संघ सरकारसँग समन्वय गरि काम गरिरहेको उनले बताए ।
अन्तरक्रियामा गाउँपालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेलीले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि प्रचारात्मक काममा अहिलेसम्म जोड दिएकाले अब व्यवस्थापनका काममा गाउँपालिकाले ध्यान दिएको बताए । स्थानीय तह स्थापनाको पहिलो ५ वर्ष कार्यकाल दोस्रो कार्यकालको एक आर्थिक वर्ष प्रचारात्मक काम गरिएकाले अब व्यवस्थापकिय क्षेत्रमा लगानी गर्ने योजना रहेको उपाध्यक्ष लुङ्गेलीले बताए ।
पर्यटकीयस्थलहरुका होटल होमस्टे र पर्यटन व्यवसायीहरुसँग सहकार्य गरि व्यवस्थापनको काममा गाउँपालिका लागि परेको उपाध्यक्ष लुङ्गेलीले बताए । उनले नेपाल पर्यटन बोर्ड, केचना कंचनजंघा पर्यटन विकास समितिले गाउँपालिकालाई सहयोग गर्नुपर्नेमा जोड दिए ।

अन्तरक्रियामा बोल्दै नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहले सन्दकपुर गाउँपालिका हिल स्टेसनको रुपमा विकास गर्न गुरुयोजना निर्माणका लागि सहयोग गर्ने निर्णय भएको जानकारी दिए ।

अन्तरक्रियामा केचना कंचनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार धौरालीले सन्दकपुरको पर्यटन विकासका लागि व्यवस्थापकिय कामहरु हुनुपर्नेमा जोड दिए । प्रचारात्मक कामहरु प्रशस्त भएकाले अब व्यवस्थापकिय कामहरु गर्नुपर्नेमा उनले जोड दिए ।

अन्तरक्रियामा सन्दकपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत यादव राउत, कार्यपालिका सदस्य छत्र दियाली, होमस्टे महासंघ कोशी अध्यक्ष लिला भट्टराई, प्रशासकिय अधिकृत धननारायण श्रेष्ठ, सन्दकपुर १ का वडासदस्य चेत बहादूर राई, शिक्षा शाखाका सुनिल निरौला, लेखा अधिकृत युवराज नेपालको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270