चुलाचुलीमा नसर्ने रोग सम्वन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न

चुलाचुलीमा नसर्ने रोग सम्वन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न

२० फाल्गुन । इलामको चुलाचुली गाउँपालिकामा नसर्ने रोग सम्वन्धी एक दिने खोज पड्ताल तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यलय इलामको आयोजनामा र चुलाचुली गाउँपालिकाको समन्वयमा सोमवार सो कार्यक्रम चुलाचुली २ स्थित स्वास्थ्य केन्द्रमा सम्पन्न भएको हो ।

स्वास्थ्य कार्यलय इलामका प्रमुख व्रिजकुमार दासका अनुसार सो खोजपड्ताल कार्यक्रममा निशुल्क रुपमा नसर्ने रोगहरुको चेकजाच गरिएको थियो । नसर्ने रोग मधुमेह, ब्लड प्रेसर, मुटु रोग सम्वन्धी समस्या, दम, स्तन तथा पाठेघरको समस्या लगायतका दिर्घ रोगहरुको बारेमा निःशुल्क चेक जाँच गरिएको थियो ।

चुलाचुली स्वास्थ्य साखा प्रमुख दुस्यान्त दाहालका अनुसार सो कार्यक्रममा विशेषज्ञ चिकित्सकहरुले विरामीहरुको जाँच गरेका थिए ।
एक दिने खोज पड्ताल तथा सचेतना कार्यक्रममको चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर