फोहोर ब्यवस्थापन सम्वन्धी दमकको प्रतिवद्धता–पत्र, फोहार गर्नेलाई पाँच सय देखी पन्ध्र हजार सम्म जरिवाना

फोहोर ब्यवस्थापन सम्वन्धी दमकको प्रतिवद्धता–पत्र, फोहार गर्नेलाई पाँच सय देखी पन्ध्र हजार सम्म जरिवाना


२० फाल्गुन । झापाको दमक नगरपालिकाले नगरको वातावरणलाई सुन्दर र स्वच्छ बनाउन प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । नगरपालिकाले अगाडी सारेको शहरी सौन्दर्य हरियाली प्रवद्र्धनका लागि भन्दै फोहोरमैला ब्यवस्थापनका लागी प्रतिबद्धता पत्र २०७६ सोमवार पत्रकार सम्मेल्न गरी सार्वजनिक गरेको हो ।

यस अघि नगरपालिकाबाट नगरमा फोहोर ब्यवस्थापन सम्बन्धी विभिन्न योजना तथा कार्यक्रम सञ्चालन भए पनि त्यो प्रभावकारी नभएको ठहर गदै अब नयाँ योजनाका साथ अगाडी बढ्ने योजना रहेको दमक नगरपालिका वातावरण तथा विपद् ब्यवस्थापन समितीका संयोजक एवम् ६ नम्बरका वडाध्यक्ष टेक बहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार अब दमकलाई सफासुग्घर, सुन्दर र वातावरणमैत्री बनाउन सबै नागरीकलाई जिम्मेवार बनाउन लागिएको हो । दमकका नागरिकले आफ्ना घर वरपर भएका सबै फोहोर आफै ब्यवस्थापन गर्नुपर्ने छ । यस्तै सडकमा पशुचौपाय छोड्न नपाइने, छोड्नै परे नगरपालिकाको अनुमति लिनुपर्ने, निजि कार्यलका लागी सडकमा निर्माणजन्य सामाग्री राख्न नपाइने, सार्वजनिक बाटोमा कुनै मानव सृर्जित फोहोर फ्याक्न पाइने छैन । साथै आफ्ना सेवाग्राहीलाई पनि ब्यपारीले फोहोर गर्न रोक्नुपर्ने छ । अब नगरपालिकाले यस्ता कार्य गरेको भटे स्पोट कारबाही गर्ने समेत थापाले बताउनुभयो ।

सो अभियान सफल बनाउन दमकका क्रियाशिल ३० वटा संघ संस्थासँग सहकार्य गरिने दमक नगरपालिकाका वातावरण तथा सरसफाई शाखाका प्रमुख ज्ञानेन्द्र चौधरीले बताउनुभयो । उहाँका अनुसार एक टोल एउटा संस्थालाई जिम्मा दिइनेछ । जसले सो टोललाई सफासुन्दर हरियाली बनाउन सरसफाई तथा बोटबिरुवा रुप्ने र प्रत्येक घरलाई २ वटाका दरले बिरुवा रोप्न लगाउनेछ ।

नगरपालिका हाताभित्र फोहोर गरेको पाईए रु ५०० देखि १५००० हजार रुपैँया सम्म जरिवाना गरिने पनि बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर