एमालेले आज च्यासलमा चियापान कार्यक्रम गर्दै

एमालेले आज च्यासलमा चियापान कार्यक्रम गर्दै

१५ कार्तिक, काठमाण्डौँ । नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ । एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजको लागि सारिएको थियो । अध्यक्ष केपी शर्मा ओली चाडपर्वको अवसरमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक सवा १२ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा सबै राजनीतिक दलसहित उच्च पदस्थका व्यक्तिहरुलाई आमन्त्रण गरिएको जनाइएको छ ।

एमालेले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270