नेपालमा सवैभन्दा धेरै एक तले घर

नेपालमा सवैभन्दा धेरै एक तले घर

१३ कार्तिक, काठमाण्डौँ । देशमा सबैभन्दा बढी एक तले घर रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । नेपालभर ७५ लाख ५२ हजार ६६ वटा घर एक तले रहेको कार्यालयले जानकारी दिएको हो ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कार्यालयले आज जारी गरेको विवरणमा कूल घरमध्ये ५९ दशमलव ८२ प्रतिशत घर एक तले रहेको उल्लेख छ ।

त्यस्तै, दोस्रोमा दुई तले घर परेका छन् । २८ दशमलव ७८ प्रतिशत दुई तले, ९ दशमलव १७ प्रतिशत तीन तले, एक दशमलव तीन प्रतिशत चार तले, शून्य दशमलव ६४ प्रतिशत पाँचदेखि सात तले, शून्य दशमलव ०१ प्रतिशत आठदेखि ९ तले रहेका छन् ।

१० तलेभन्दा माथि शून्य दशमलव ००३ प्रतिशत घर पाइएको कार्यालयको भनाई छ । कूल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये १० दशमलव २७ प्रतिशत परिवारले आवास निर्माणका लागि सरकारी अनुदान लिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270