विपक्षी दलको नेताको मर्यादाक्रम अब ६औँ नम्वरमा

विपक्षी दलको नेताको मर्यादाक्रम अब ६औँ नम्वरमा

१२ कार्तिक, काठमाण्डौँ । हाल कायम रहेको प्रतिनिधि सभाका विपक्षी दलका नेताको मर्यादाक्रम पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्षसरह छैटौं नम्बरमा राख्ने सहमति भएको छ । यस अघि विपक्षी दलको नेताको मर्यादाक्रम ८ औँ नम्वरमा मात्र रहेको थियो ।

हाल प्रचलित मर्यादाक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशपछिको ५ औं नम्बरको मर्यादाक्रममा प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्ष छन् ।

छैठौं नम्बरमा पूर्वराष्ट्रपति, उपप्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री र मन्त्रिपरिषदका अध्यक्ष छन् । सातौं नम्बरमा प्रदेश प्रमुख (आफ्नो प्रदेशिभित्र) छन् ।

८ औं नम्बरमा विपक्षी दलको नेता भन्दा अगाडि संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, प्रदेश प्रमुख (आफ्नो प्रदेश बाहिर) छन् । त्यसपछि बल्ल विपक्षी दलको नेताको मर्यादाक्रम छ ।

यो व्यवस्थालाई बदलेर विधायन व्यवस्थापन समितिले पूर्वप्रधानमन्त्रीको लहरमा लगेर विपक्षी दलको नेतालाई राख्ने गरी सहमति जुटाएको हो ।

विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईका अनुसार विधेयकको प्रतिवेदन मंगलबार बस्ने राष्ट्रिय सभाको बैठकमा पेश गर्ने तयारी छ । राष्ट्रिय सभाको बैठक मंगलबार साँझ पौने ५ बजे बस्ने गरी बोलाइएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270