रतुवामाई वृक्षारोपण आयोजनाले निशुल्क टिक र मसलाका विरुवा वितरण गर्दै

रतुवामाई वृक्षारोपण आयोजनाले निशुल्क टिक र मसलाका विरुवा वितरण गर्दै


२० फाल्गुन । झापाको एक मात्र सरकारी वन कमल रतुवामाई वृक्षारोपण आयोजनाले प्रभावित क्षेत्रका नागरिहरुलाई निशुल्क टिक र मसलाका विरुवा वितरण गर्ने भएको छ । रतुवामाई वृक्षारोपण आयोजना प्रभावित क्षेत्र झापाको कमल गाउँपालिका, झापाकै शिवसताक्षी नगरपालिका र इलामको चुलाचुली गाउँपालिकाका नागरिकहरुलाई सो विरुवा वितरण गरिने आयोजना प्रमुख खेमलाल बिश्वकर्माले बताउनुभयो ।

वन तथा वतावरण मन्त्रालयले २०७६ लाई वृक्षारोपण बर्ष घोषणा गरे अनुरुप आगामी जेठ महिनामा ति बिरुवा वितरण गरिने आयोजना प्रमुख बिश्वकर्माले जानकारी दिनुभयो । त्यसका लागी अहिले बिरुवा उमारेर हुर्काउने काम भईरहेको बताईएको छ । उहाँका अनुसार जग्गाधनीको प्रमाणपत्र र वडाकार्यलयको सिफारिस लिएर आए जति पनि बिरुवा प्रदान गरिनेछ । अरु बेला टिक रु १० र मसला रु ८ रुपैयाँमा बेच्दै आएको आयोजना प्रमुख बिश्वकर्माले जनाउनुभयो ।

२ हजार ७ सय ५३ दशमलव ७६ हेक्टर क्षेत्रफल रहेको आयोजनाले विरुवा रोप्ने, हुर्काउने, बेच्ने, वन पैदावर उत्पादन गर्ने जस्ता काम गर्दै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर