माङसेबुङ गाउँपालिकामा चाडवाड लक्षित अनुगमन सुरु

माङसेबुङ गाउँपालिकामा चाडवाड लक्षित अनुगमन सुरु


२८ असोज,  इलाम । इलामको माङसेबुङ गाउँपालिकाले चाडवाड लक्षित अनुगमन हिजो शनिवार देखि सुरु गरेको छ । चाडवाड नजिकिएसँगै पालिका भित्रका होलसेल तथा किराना पसल, होटल, औषधि पसललगायतको अनुगमन सुरु गरेको हो ।

अनुगमन समितिका संयोजक समेत रहेका गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङको नेतृत्वको अनुगमन टोलिले गजुरमुखी धाम, चतुरे बजार, रक्से बजार र चिसापानी पञ्चमी बजारक्षेत्रको अनुगमन गरेको हो । करिब ४० भन्दा बढी पसलहरूको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य सामाग्रीहरु केही मात्रामा फेला परेको थियो । बरामद गरीएका अखाद्य सामाग्रीहरु प्रहरीको रोहबरमा नष्ट गरिएको बताईएको छ ।

करिब १० भन्दा बढी संञ्चालित पसलहरूको दर्ता, स्थायी लेखा नम्बर दर्ता नभएकाले ती व्यावसायीहरूलाई १ महिनाभित्रमा प्रकृयामा आउन निर्देश दिईएको जिल्ला प्रशासन कार्यलय मङ्गलबारेका कर्मचारी निर्मल परियारले बताए ।

यता माङसेबुङका अन्य वडा, टोल एवम् वस्तीहरुका बजार तथा पसलहरूको अनुगमन नियमित गरिने माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुसन राईले बताए ।

अनुगमनमा माङसेबुङ १ का अध्यक्ष भुपाल लिम्बू, ६ का अध्यक्ष तथा अनुगमन समितिका सदस्य प्रदिप राई, कार्यपालिका सदस्य प्रमिता धमला, गाउँ पालिकाका प्रशासन प्रमुख मनिमा भट्टराई, कर्मचारी डिसब कार्की, सशस्त्र प्रहरी बल बेस क्याम पञ्चमीका प्रमुख, प्रहरी चौकी पञ्चमिका प्रमुख र संञ्चारकर्मीहरुको अपस्थितति थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर