कोशी प्रदेश सरकार गठनका लागि गठन्धनका नेताहरु छलफलमा जुट्दैँ

कोशी प्रदेश सरकार गठनका लागि गठन्धनका नेताहरु छलफलमा जुट्दैँ


२३ असोज, काठमाण्डौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशी प्रदेशको सरकार गठनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्ने भएका छन् ।

सभापति देउवाले आफूनिकट नेताहरुसँग कोशीमा आफू गठबन्धनबाट नै सरकार बनाउनुपर्ने पक्षमा रहेको अडान सुनाएका छन् । उनले आफुहरु गठबन्धनमा रहेकोले गठबन्धनको मर्म र भावनालाई आत्मसात गरेर जानुको विकल्प नभएको कुरा पार्टी पदाधिकारी बैठकमा समेत ब्रिफिङ गरेका छन् ।

प्रधानमन्त्री दाहालले कोशी प्रदेश सरकार गठनको लागि राप्रपाको साथ खोजेका छन् । उनले आज अपरान्ह राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गर्ने तयारी गरेका छन् । त्यसअघि नै देउवाले पनि प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्ने बुझिएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर