२० असोज, झापा । झापाको दमक नगरपालिका ९ स्थित चियादोकान पश्चिम खोल्छामा आज विहान एक पुरुषको बेवारीसे शव फेला परेको छ । सढेगलेको अवस्थामा पुरुषको शव फेला परेको इलाकामा प्रहरी कार्यलय दमकका प्रहरी नायव निरिक्षक मनोज कुमार लामाले बताए ।
अन्दाजी ३०/३५ बर्ष उमेर समुहका देखिने ति पुरुषको ९/१० दिन अगाडी नै मृत्यु भएको हुन सक्ने प्रहरी नायव निरिक्षक लामाले बताए । ति पुरुषको अहिलेसम्म सनखत हुन सकेको छैन । शव गलेर अनुहारको भाग समेत नचिनिने भएकाले मान्छे चिन्न समस्या भएको उनले बताए ।
ति पुरुष को हुन् र के कारणले मृत्यु भएको भनेर थप अनुसन्धान भईरहेको उनले बताए ।