१८ असेज, काठमाण्डौँ । बाराका प्रभावशाली नेता शिवचन्द्र कुशवाहा एमाले प्रवेश गरेका छन् । नेता कुशवाहालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार एमाले पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् ।
गत मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कुशहवा जसपाका रामसहायप्रसाद यादवसँग बारा २ मा निर्वाचन लडेर पराजित भएका थिए ।
यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा गएको वैशाख १० गते उपनिर्वाचनमा लड्न उनी नेकपा माओवादी केन्द्र छाडेर जनमत पार्टीमा प्रवेश गरे पनि उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पराजित भएका थिए ।
पराजित भएसँगै उनी जनमतमा निस्कृय जस्तै बसेर सीके राउत विरुद्ध अभियान चलाएका थिए ।