जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका चौंथो उत्कृष्ट कार्यालय

जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका चौंथो उत्कृष्ट कार्यालय


१७ असोज, इलाम । जिल्ला प्रशासन कार्यालय इलाम देशभरीका जिल्ला प्रशासन कार्यालय मध्येमा चौंथो भएको छ । वितेको आर्थिक वर्ष २०७९/०८० मा जिल्ला प्रशासन कार्यालय इलाम कार्य सम्पादन मुल्यांकनमा देशभरीमा चौंथो भएको हो ।

गृह मन्त्रालय र प्रमुख जिल्ला अधिकारीबीच हरेक वर्ष कार्यसम्पादन सम्झौता हुने गरेको छ । जुन सम्झौताको कार्यान्वयनको अवस्था मुल्यांकन समितिले सार्वजनिक गरेको मुल्यांकन प्रतिवेदन अनुसार विभिन्न सूचकहरुको आधारमा इलाम चौंथो भएको हो । नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेल आएपछी इलामका नागरिकले बिना झन्झट सहज रुपमा सेवा पाएको नागरीकले बताएका छन् ।

उनी इलामको प्रमुख जिल्ला अधिकारीका रुपमा गएको ०७९ माघ १५ गते इलाम आएका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर